७ कार्तिक २०८३, शनिबार | October 24, 2026

दाउन्नेमा सडक भासियो, बर्दघाटतर्फको खण्ड पूर्णरुपमा बन्द



नवलपुर । निरन्तरको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने जंगलको खुर्सानी खोलानजिक सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने सडक खण्ड करिब ४ फिटसम्म भासिएको हो। सडक भासिएपछि दुवै तर्फको सवारी आवागमन अवरुद्ध भएको र यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा अहिले प्रहरी टोली खटिएको छ भने सडक मर्मत तथा सवारी आवागमन सहज बनाउन प्रहरी र स्थानीय तहका प्रतिनिधिहरूको समन्वयमा काम भइरहेको छ।

प्रहरीले उक्त खण्ड प्रयोग नगर्नुहुन आम नागरिक र सवारी चालकहरूलाई आग्रह गर्दै वैकल्पिक मार्ग अपनाउन सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : ०९ बजे

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले