२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो



काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ ।
नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्य रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मङ्गलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकप्टरमा रसुवागढी नाका पुगेका उनले त्यहाँको क्षतिका बारेमा जानकारी लिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओेलीले खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् संरचना तथा जलविद्युत् आयोजना मर्मत, पुनःस्थापना र सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्परताका साथ अगाडि बढाइने बताएका थिए।
रसुवाबाट प्रतिनिधिसभाको सांसदमा निर्विाचित भएका आचार्य गएराति रसुवागढी नाकामा बास बसी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग घटनाका विषयमा जानकारी लिँदै आगामी योजनाका बारेमा छलफल गरेका थिए।
बाढीपहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम नगरेको सांसद आचार्यले बताउनुभयो । उनका अनुसार बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजनाको बाँध, इन्टेक, ट्रान्सपोर्ट र भन्सारमा ल्याएर राखिएका गाडी बगाएका छन् ।
यस्तै, उक्त बाढीमा परेर नौ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्‍याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएको सांसद आचार्यले जानकारी दिए। नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : २९ बजे

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा