३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

भुक्तानीको अन्तिम दिन थवाङका प्रमुख प्रशासकिय अधिकृत सहित ७ कर्मचारी सम्पर्कविहिन



काठमाडौं । आर्थिक वर्ष समाप्ती र सरकारी भुत्तानीको अन्तिम दिनमा रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको भन्दै कार्यालयबाट निस्केका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले आज एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएको जनाएका छन् ।

पालिकामा भए गरेका कामहरुको आजै रातिसम्म मात्रै भुक्तानीको समय भएपनि पालिकाको कर्मचारी टिम नै सम्पर्कबिहिन भएपछि पालिकालाई समस्या परेको जनाइएको छ ।

साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि उनीहरु असार २४ गते बिहान थबाङबाट निस्किएको विज्ञप्तिमा उल्लेख छ । ओटीपी कोडका लागि भन्दै रुकुम पूर्व हिँडेका उनीहरु सम्पर्कबिहिन भएको विज्ञप्तिमा लेखिएको छ ।

उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि मोबाईट स्वीच अफ रहेको र अन्य माध्यमबाट खोजीगर्दा पनि सम्पर्कबिहिन भएको पालिकाको विज्ञप्तिमा उल्लेख छ । ‘खोजि कार्य गर्दा रुकुम पूर्वमा नभटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरुले यस पालिकामा जानकारी गरिदिनुहुन यो प्रेस विज्ञप्ति जारी गरिएको छ।’ विज्ञप्तिमा लेखिएको छ ।

सम्र्कबिहिन हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौ हरिश माझी, ह(लेखापाल यज्ञ प्रसाद कडेल, सव(इन्जिनियर चन्द्र प्रकाश ओली, सव(इन्जिनियर निशा आचार्य, कर्मचारी शिव कुमार वली र सवारी चालक प्रदिप के.सी रहेका छन् ।

उनीहरू सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना जारी गरेको हो । सम्पर्कबिहिन रहेको सन्दर्भमा फोन गर्दा प्रमुख प्रशासकिय अधिकृत हेमराज घर्तीको मोबाइलमा घण्टी गएपनि उनले मोबाइल उठाएनन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : ४७ बजे

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन