१५ असार २०८३, सोमबार | June 29, 2026

भुक्तानीको अन्तिम दिन थवाङका प्रमुख प्रशासकिय अधिकृत सहित ७ कर्मचारी सम्पर्कविहिन



काठमाडौं । आर्थिक वर्ष समाप्ती र सरकारी भुत्तानीको अन्तिम दिनमा रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको भन्दै कार्यालयबाट निस्केका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले आज एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएको जनाएका छन् ।

पालिकामा भए गरेका कामहरुको आजै रातिसम्म मात्रै भुक्तानीको समय भएपनि पालिकाको कर्मचारी टिम नै सम्पर्कबिहिन भएपछि पालिकालाई समस्या परेको जनाइएको छ ।

साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि उनीहरु असार २४ गते बिहान थबाङबाट निस्किएको विज्ञप्तिमा उल्लेख छ । ओटीपी कोडका लागि भन्दै रुकुम पूर्व हिँडेका उनीहरु सम्पर्कबिहिन भएको विज्ञप्तिमा लेखिएको छ ।

उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि मोबाईट स्वीच अफ रहेको र अन्य माध्यमबाट खोजीगर्दा पनि सम्पर्कबिहिन भएको पालिकाको विज्ञप्तिमा उल्लेख छ । ‘खोजि कार्य गर्दा रुकुम पूर्वमा नभटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरुले यस पालिकामा जानकारी गरिदिनुहुन यो प्रेस विज्ञप्ति जारी गरिएको छ।’ विज्ञप्तिमा लेखिएको छ ।

सम्र्कबिहिन हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौ हरिश माझी, ह(लेखापाल यज्ञ प्रसाद कडेल, सव(इन्जिनियर चन्द्र प्रकाश ओली, सव(इन्जिनियर निशा आचार्य, कर्मचारी शिव कुमार वली र सवारी चालक प्रदिप के.सी रहेका छन् ।

उनीहरू सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना जारी गरेको हो । सम्पर्कबिहिन रहेको सन्दर्भमा फोन गर्दा प्रमुख प्रशासकिय अधिकृत हेमराज घर्तीको मोबाइलमा घण्टी गएपनि उनले मोबाइल उठाएनन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : ४७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै