२८ चैत्र २०८२, शनिबार | April 11, 2026

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल



काठमाडौं । पाकिस्तानका जनताले अब पूर्व प्रधानमन्त्री इमरान खानको आवाज सुन्न नपाउने भएका छन् । इस्लामावादको एक स्थानीय अदालतले पाकिस्तानको राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सी (एनसीसीआईए) को अनुरोधमा २७ वटा युट्युब च्यानलहरू बन्द गर्न आदेश दिएको छ ।

पत्रकारहरू बाहेक यी च्यानलहरूमा पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टी पाकिस्तान तहरीक ए इन्साफको आधिकारिक च्यानल पनि समावेश छ। इमरान खान ९ मे २०२३ मा पक्राउ परेका थिए ।

तर, उनको सामाजिक सञ्जाल भने उनको टोलीद्वारा निरन्तर चलिरहेको छ, उनको टोलीले यस खातामार्फत इमरान खानको जेल सन्देश आदि सेयर गरिरहन्छ। तर, धेरै पटक इमरानका यी भनाइ सरकारका लागि समस्या बनेका छन्, जब उनको अनुरोधमा उनका समर्थक सडकमा उत्रिएर विरोध प्रदर्शन गरिएको थियो । इमरान खानको एआई भर्सन बनाएर धेरै पटक यस्ता च्यानलहरूले सरकार विरोधी बयान दिने गरिएको छ ।

एफआइए अन्तर्गत चलिरहेको साइबर अपराध शाखा विघटन गरी एनसीसीआइएको रूपमा नयाँ एजेन्सी गठन गरिएको छ, जसले अब साइबर अपराधको अनुसन्धान गर्दछ। सन् २०१६ मा पेका ऐन आएपछि यो निकाय गठन भएको हो । यस निकायको आग्रहमा अदालतले यस्तो निर्णय गरेको हो ।

विपक्षी दलहरूले यो निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतामाथि दमनकारी आदेशका रूपमा हेरिरहेका छन् । बीबीसी उर्दूले ब्लक गरिएका २७ वटा युट्युब च्यानलमध्ये तीनका सञ्चालकहरूसँग कुरा गरेको थियो। जसमा अदालतले उनीहरुको कुरा नसुनी यस्तो निर्णय गरेको ती सञ्चालकहरुले बताएका छन् ।

एमजे टिभी युट्युब च्यानलका मतिउल्लाह जानले भने, ‘हाम्रो पक्षको सुनुवाइ नै नगरी हामीलाई सजाय सुनाइयो ।’ उनले अनुसन्धानका क्रममा आफूले कुनै सूचना नपाएको बरु च्यानल बन्द गर्न आदेश दिए पछि जानकारी पाएको दावी गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ८ : ०८ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र