२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सम्पर्कमा आए थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी



। रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सातै जना कर्मचारी सम्पर्कमा आएका छन् । उनीहरूले आज बिहानै गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् ।

गाउँपालिका अध्यक्ष बुढामगरले कार्यकारी प्रमुखले आफूहरू सकुशल गुल्मीमा रहेको जानकारी दिएको बताए । यद्यपी उनीहरु के कारणले सम्पर्कविहिन हुनुपर्यो भन्ने विषयमा भने आफूलाई जानकारी नगराएको उनले बताए । ‘हामीसँग उहाँहरु (कर्मचारी) सम्पर्कमा आउनु भएको छ । के कारणले हो त्यो भने उहाँहरुलाई नै सोध्नुहोला ।’-बुढा मगरले भने, हामीसँग कुरा गर्दा त्यस्तै त्यस्तै पर्यो मात्रै भन्नु भयो । सबै कुरा खुलेको छैन ।’ अध्यक्ष बुढामगरले बुधबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि उनीहरू सम्पर्कमा रहेको बताएका छन् । “मैले हिजो राति १० बजेतिर प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुरा गरेको थिएँ । उहाँहरूले हामी सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नुभयो । बिहान पनि फेरि सम्पर्क भएको छ । काम सकेर फर्किंदैछौँ भन्नुभएको छ,” उनले भने ।

सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह-लेखापाल यज्ञप्रसाद कँडेल, सब-इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका थिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १० : ०८ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै