काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले कागज गराएर परिवारको जिम्मा लगाएको छ।
पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भन्दै विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको थियो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, साँझ पौने ८ बजे पाठकलाई आइन्दा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित कागज गराएर छाडिएको हो।
पाठकले अबदेखि ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ नभन्ने, फेसबुकमा रहेका यस्ता पोस्ट हटाउने र आगामी दिनमा यस्ता पोस्ट वा विज्ञप्तिमा यी शब्द प्रयोग नगर्ने शर्तनामाको कागज गरेका छन्।


















प्रतिक्रिया