२१ बैशाख २०८३, सोमबार | May 4, 2026

आइन्दा ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले छोड्यो पूर्वराजाका संवाद सचिवलाई



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले कागज गराएर परिवारको जिम्मा लगाएको छ।

पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भन्दै विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको थियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, साँझ पौने ८ बजे पाठकलाई आइन्दा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित कागज गराएर छाडिएको हो।

पाठकले अबदेखि ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ नभन्ने, फेसबुकमा रहेका यस्ता पोस्ट हटाउने र आगामी दिनमा यस्ता पोस्ट वा विज्ञप्तिमा यी शब्द प्रयोग नगर्ने शर्तनामाको कागज गरेका छन्।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ३३ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता