काठमाडौं । भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने भएपछि महाकाली नदीको तल्लो तटीय क्षेत्रमा नागरिकहरुलाई सतर्क रहन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।
भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने सूचना प्राप्त भएको भन्दै विभागले महकाली नदीको तल्लो तटीय क्षेत्रमा (पर्सि) आइतबार बिहानसम्म सतर्कता अपनाउन अनुरोध गरेको हो ।
भारतले जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ कार्यका लागि आज शुक्रबार मध्यराति १२ बजेदेखि भोलि शनिबार अपराह्न १२ बजेसम्म बाँधको ढोका खोल्न लागेको विभागलाई सूचना गरेको बताइएको छ । बाँधको पानीको बहावका कारण महाकाली नदीको जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।


















प्रतिक्रिया