३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते



काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस आज बिहान कपिलवस्तुमा दुर्घटना भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुदाँ २९ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीका अनुसार लु. प्र ०२००१ ख ००४५ नम्बरको बस आइतबार बिहान ३ बजेर ५५ मिनेट जाँदा दुर्घटनामा परेको हो ।

डीएसपी अधिकारीका अनुसार बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् । उनीहरु सबैको पहिचान भइसकेको छ । उनीहरुलाई उद्धार गरी संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएको छ । केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको छ ।

घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए ।

दुर्घटनापछि सडक एकतर्फीमात्रै सञ्चालन भएको छ । बस हटाउने पहल भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : १४ बजे

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको

कामी रिता शेर्पाको ३२ औँ सगरमाथा आरोहण, फेरि तोडे आफ्नै विश्व कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र

मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद

मुस्ताङ । नेपाल-न उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ