४ पुस २०८२, शुक्रबार | December 20, 2025

नवराज सुवेदीको नेतृत्वमा राप्रपाका असन्तुष्ट नेताहरू निर्वाचन आयोगमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तोष अझ चुलिँदै गएको छ। गत चैतमा पार्टी छोडेर स्वतन्त्र नागरिक बनेको सार्वजनिक घोषणा गरेका राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा राप्रपाको असन्तुष्ट समूह आज निर्वाचन आयोग पुगेको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र पार्टीका प्रवक्ता सगुन सुन्दर लावतीलाई जिम्मेवारीमुक्त गरेका थिए । उनले उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्षमा नियुक्त गरेका छन् ।

यो निर्णयप्रति असन्तुष्टि जनाउँदै शनिबार महामन्त्री धवलशमशेर जबराको निवासमा बसेको असन्तुष्ट नेताहरूको बैठकले निर्वाचन आयोगमामा उजुरी गर्ने निष्कर्ष निकालेको थियो। सोही निर्णयअनुसार आज सुवेदीसहित धवलशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, सगुन सुन्दर लावती लगायत नेताहरू निर्वाचन आयोग पुगेका हुन्। उनीहरूले पार्टीभित्रको आन्तरिक विवाद, निर्णय प्रक्रिया र विधानको उल्लंघन भएको दाबी गर्दै आयोगलाई कारवाही अवैध भएको जानकारी गराउने प्रयास गरेका छन् ।

आयोगमा आफ्ना कुरा जानकारी गराएपछि सुवेदीले संचारकर्मीहरुसँग कुरा गर्दै अहिले देखा परेको विवादले राष्ट्रिय प्रजातन्त्र पार्टी नफुट्ने बताएका छन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको