४ पुस २०८२, शुक्रबार | December 20, 2025

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै बुधवार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिएलगत्तै दुबै दलका सांसदहरूले उठेर विरोध जनाए। त्यसक्रममा सभामुखले रास्वपाकी सांसद सुमना श्रेष्ठलाई बोल्न अनुमति दिए। श्रेष्ठले सरकारलाई पुनः चेतावनी दिँदै भिजिट भिसा काण्डमा संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नभएसम्म सदनमा निरन्तर विरोध जारी रहने स्पष्ट पारिन्।

उनपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि आफ्ना धारणा राख्दै, विगतदेखि उठाउँदै आएको मागअनुसार कुनै समिति गठन नहुँदासम्म आफ्नो पार्टीले पनि सदनमा सहभागिता जनाउने अवस्था नरहेको बताए।

दुवै नेताहरूको धारणा राखिएपछि रास्वपा र राप्रपाका सम्पूर्ण सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए। दुबै पार्टीले सदनमा निरन्तर बहिष्कार गर्दै आएका छन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको