२९ असार २०८३, सोमबार | July 13, 2026

दुई फरक भाषाका स्रष्टालाई अभिनन्दन गर्दै नेपालगन्जमा भानु जयन्ती मनाइयो



नेपालगन्ज । दुई फरक भाषाको स्रष्टालाई राथारोहण सहित अभिनन्दन गर्दै नेपालगन्जमा भानु जयन्ती मनाइएको छ । अवधी भाषाका स्रष्टा साहित्यकार सचितानन्द चौबे र उर्दु साहित्यका चर्चित सायर अब्दुल लतिब शौकलाई राथारोहण सहित अभिनन्दन गर्दै नेपालगन्जमा आदीकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती बनाईएको हो ।

नेपालगन्ज्को न्यूरोड स्थिती भानुभक्त चोकमा अवस्थित भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्दै सुरु भएको स्रष्टाहरु सहितको प्रभातफेरी त्रिभुवन चोकको पूर्वलाईन स्थित महेन्द्र पुस्तकालय पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । समारोहमा अवधि साहित्यका चौबे र उर्दु साहित्यकार शौकलाई दोसल्ला ओढाएर अभिनन्दनपत्रले अर्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्राज्ञ सभाका पूर्व सदस्य सचिव सनत रेग्मीले भानुभक्त आचार्यको चर्चा गर्दै पृथ्वीनारायण शाहले भौगोलिक एकता गरेजस्तै भानुभक्त आचार्यले भाषाको माध्यमबाट नेपालको एकीकरण गरेको उल्लेख गरे ।

भेरी साहित्य समाजका सल्लाहकार हरि तिमिल्सेनाले भानुभक्तको जीवनी र साहित्यको बारेमा चर्चा गरेको कार्यक्रममा कवि प्रभात सुवेदीले भानुभक्तिय रामायणको श्लोक लयबद्ध बाचन गरेका थिए ।

भानुभक्त चोक संरक्षण समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले स्वागत गरेका थिए भने भेरी साहित्य समाजका अध्यक्ष ईन्द्र बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । अभिनन्दीत ब्यक्तित्व चौबेले उनी आफैले अनुबाद गरेको अवधि भाषाको रामायणको श्लोक सुनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ३ : ११ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले