२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

भ्रष्टाचार र कुशासनको सडक र सदनबाट प्रतिवाद गर्छौं : राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकका प्रारम्भमा उनले मुलुकमा भ्रष्टाचार र कुशासनका विषय छरपस्ट भइरहँदा प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ? भनि प्रश्न गरे ।

“मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विषय बाहिर आइरहेको छ, नैतिकता छ र सुशासनप्रतिको प्रतिबद्धता छ भने त मन्त्रीले राजीनामा दिनुपर्ने होइन र ?”, अध्यक्ष लिङ्देनले प्रश्न गरे, “हामी सदन र सडकबाट यसको सशक्त प्रतिवाद गर्छौ ।”

अध्यक्ष लिङ्देनले ‘भिजिट भिसा’ प्रकरणको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दुई दलले संसदमा विरोध गरिरहँदा जबरजस्ती बैठक चलाउने अभ्यास ठिक नभएको बताए। “जनताको आवाजलाई सम्बोधन गर्न सभामुखले पनि पहलकदमी लिनुपर्छ”, उनले भने, “प्रतिपक्षी दलले उठाएका विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ ।”

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ५२ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन