१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न लिङ्देनको आग्रह



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्।

राप्रपा स्थापना दिवसको ३६औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आग्रह गरेका हुन् । उनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र सफाइ लिनुपर्ने बताएका छन्।

राप्रपा स्थापना दिवसको ३६औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। प्रतिवेदनले विभिन्न विषय उजागर गरेको भन्दै त्यसलाई कार्यान्वयन गर्ने दिशामा सरकार अग्रसर हुनुपर्ने उनको भनाइ थियो।

उनले आयोगको प्रतिवेदन नेपालभित्र मात्र सीमित नरहने र संयुक्त राष्ट्रसंघ तथा त्यससँग आबद्ध अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकायहरूको अभिलेखमा समेत रहने भएकाले यसलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको बताए। प्रतिवेदनमा दोषीका रूपमा उल्लेख गरिएका व्यक्तिहरूले आवश्यक प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो आफ्नो सफाइ प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष लिङ्देनले विगतमा मानव अधिकार उल्लंघनका घटनामा दोषी ठहरिएका व्यक्तिहरूमाथि विभिन्न देशहरूले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका उदाहरणहरू रहेको स्मरण गराउँदै यस्तो विषयले अन्तर्राष्ट्रिय प्रभाव समेत पार्न सक्ने बताए। त्यसैले सरकार र सम्बन्धित पक्षहरूले प्रतिवेदन कार्यान्वयन तथा आवश्यक कानुनी प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको धारणा थियो।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  १ : ३१ बजे

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने

काठमाडौँ । आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि