१९ माघ २०८२, सोमबार | February 2, 2026

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध



नेपालगन्ज । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ ।

राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन” प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो । बेम्बोमा प्रकुपाइन जोडिएकाले ठूलो बढी आउँदा पनि त्यसले थेग्न सक्ने जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा। नारायण सुवेदीले जानकारी दिए ।

राप्ती नदी किनारामा रहेको खल्ला झगडिया क्षेत्र राप्ती नदी कटानको उच्च जोखिममा रहेको छ । नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार नागरिक बाढीको उच्च जोखिममा रहेका स्थानीयले बताएका छन् । “अस्थायी तटवन्ध गरिएको छ”, राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भने । उनले बाढीबाट बस्ती जोगाउन प्रभावकारी काम भएको उल्लेख गरे ।

राप्तीको बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका गाउँ जोगाउन जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम गरिएको हो । वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै जनताको तटबन्ध कार्यक्रम आयोजनामार्फत सो कार्य गरिएको हो । नदी तटीय क्षेत्रका बासिन्दा बाढीको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा रहेकाले तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रुपले नदीको चार मिटर गहिराइबाट तटबन्ध बनाउने काम गरिरहेको डा सुवेदीले बताए ।

राप्तीसोनारी–६ ढलैया, वडा नम्बर ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, राप्ती नदी पूर्वको नरैनापुर–६ सोनवर्षा, गङ्गापुर डुडुवा गाउँपालिकाको पूर्वी भेगमा बाढीको जोखिम न्यूनीकरणका लागि आपतकालीन तटबन्धको काम गरिएको हो । खल्ला झगडिया क्षेत्रमा आगामी वर्ष मङ्सिरसम्म सक्नेगरी रु ६ करोड पाँच लाखको लागतमा करिब चार सय ५० मिटर लामो पक्की तटबन्ध गर्न लागिएको प्रमुख डा सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ०२ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३