७ आश्विन २०८३, बुधबार | September 23, 2026

घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई सहभागी गराएरै मन्त्रिपरिषदको बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस डिल प्रकरणमा मुछिएका मन्त्रीलाई सहभागी गराउँदै मन्त्रिपरिषदको बैठक संचालन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा घुस डिल प्रकरणमा विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् ।

उनले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बर्खास्त गर्न चौतर्फी माग उठेको भएपनि प्रधानमन्त्री ओलीले गुप्तालाई बैठकमा सहभागी गराएका हुन् । ।

सोमबारको बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतः मन्त्रिपरिषद् बैठक हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गर्छ । अहिले मन्त्रिपरिषद्को बैठक जारी छ ।

मन्त्रीलाई बर्खास्त गर्न सत्ता गठबन्धन र बाहिरबाट समेत चौतर्फी आवाज उठेपनि न त प्रधानमन्त्रीले गुप्ता विरुद्ध कुनै एक्सन लिएका छन्, न त विवादीत मन्त्री गुप्ताले राजिनामा दिएका छन् । अहिले मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ५१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई