२० मंसिर २०८२, शनिबार | December 6, 2025

ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक



बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ ।

मिति २०७८ असार २८ गते दशौं वार्षिक साधारणसभा संस्थाका सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाबीच सम्पन्न मर्जर भौतिक तथा भर्चुअल माध्यममार्फत शेयरधनीको ६२.७८५ उपस्थितिमा भएको हुदा वैधानिक र पारदर्शी भएको स्पष्ट पारेको हो ।

मर्जर प्रक्रिया सम्बन्धीमा संस्थाले तीनवटै ट्रेड युनियन प्रतिनिधिहरुसँग लामो छलफल पछि नेपाल राष्ट्र बैंकमा मर्जर प्रस्ताव पेश गरेको र त्यसपछि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको उल्लेख छ । यसपछि लेखापरीक्षकमार्फत विस्तृत आर्थिक अध्ययन तयार गरी साधारण सभामा पारित गरिएको विज्ञप्तीमा लेखिएको छ ।

यसबीच केही सञ्चारमाध्यम र केही व्यक्तिहरुले सामाजिक संजालमा मर्जर प्रक्रिया र नेतृत्वको भूमिका बदनाम गर्ने ढंगले अप्रामाणिक सूचना प्रकाशन गरेकोप्रति खण्डन गर्दै संस्थाको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । संस्थाले आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित आएका सबै शेयरधनीलाई सहभागिता गराइएको दाबी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतको कार्यकाल विस्तार गर्न मर्जर गरिएको भन्ने भ्रामक आरोप अस्वीकार गर्दै संस्थाले कटुवालको सेवा अवधि अझै बाँकी रहेको र राष्ट्र बैंकको निर्देशनअनुसार मर्जर प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ । मर्जरबाट भविष्यमा पूंजी, कर्जा लगानीको दायरा, सदस्य लाभ, कर छुट लगायतका क्षेत्रमा सकारात्मक असर पर्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तीमा लेखिएको छ ।

साथै, ग्रामीण र समाज लघुवित्तबीच हुने मर्जरले संस्थागत मजबुती आउने उल्लेख गरिएको छ । यसैगरि यो आर्थिक वर्ष नेपाल सरकारको बजेट बक्त्ब्यबाट संस्थालाई २ अरब रुपैया सहुलियत दरको कर्जाको समेत ब्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ३८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल