१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

गायक रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’



बारा । वरिष्ठ गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित गरी भइरहेको साइबर आक्रमणप्रति कडा आपत्ति जनाएका छन्। उनले लामो समयदेखि सहन गरेका मानसिक पीडाको विवरण सार्वजनिक गर्दै केही साइबर अपराधीका प्रमाणहरूसमेत प्रस्तुत गरेका छन्।

ढकालले मंगलबार बिहान फेसबुकमा एक लामो स्टाटस लेख्दै भनेका छन्, “अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान।” उनले समाजमा अभिव्यक्ति स्वतन्त्रताको नाममा कलाकारहरूका व्यक्तिगत जीवनमाथि चरम आक्रमण भइरहेको र त्यो अपराधको स्तरसम्म पुगेको दाबी गरे।

कलाकारहरू राष्ट्रका गहना र सार्वजनिक सम्पत्ति हुन् । उनले लेखेका छन्, “कलाकारहरू राष्ट्रका गहना मात्र होइनन्, सार्वजनिक सम्पत्ति पनि हुन्। समाजले दिएको सम्मान र राज्यले प्रदान गरेको मान्यताको मूल्य बुझ्दै कलाकारहरू सिर्जनामा निरन्तर लागिरहेका छन्।”

ढकालले कलालाई मन नपर्न सक्ने र त्यसबारे आलोचना स्वाभाविक हुने स्वीकार गर्दै भनेका छन्, “तर त्यो आलोचना सिर्जनासँग होस्, नकि कलाकारको व्यक्तिगत जीवनमाथि खनिएर।”

व्यक्तिगत जीवनमाथिको आक्रमण अपराध हो
ढकालका अनुसार प्रविधिको दोहन गर्दै केही व्यक्तिहरूले फेक आइडीमार्फत कलाकारहरूलाई बदनाम गर्ने, गालीगलौज गर्ने र मानसिक यातना दिने काम गरिरहेका छन्। “त्यस्ता गतिविधिले कलाकारहरूको परिवार, मानसिक स्वास्थ्य र सिर्जनामा प्रत्यक्ष असर पारेको छ,” उनले लेखेका छन् ।

उनले आफूविरुद्ध बनाइएका केही फेक तथा रियल आइडीहरूको विवरण समेत सार्वजनिक गरेका छन्। तीमध्ये केही व्यक्तिहरू प्रहरीको हिरासतमा रहेको र केही अझै निगरानीमा रहेको जानकारी दिएका छन्।

समीक्षा र एलिनाको साहसको प्रशंसा
गायिका समीक्षा अधिकारी र एलिना चौहानले हालै यस्तै साइबर दुर्व्यवहारको विरुद्ध आवाज उठाएको विषयलाई समर्थन गर्दै ढकालले भनेका छन्, “तिनीहरूले देखाएको साहसलाई म सम्मान गर्न चाहन्छु। यस अभियानलाई म पनि गति दिन चाहन्छु।”

संयमित होऔं, मर्यादा नछोडौं
पोस्टको अन्त्यमा ढकालले सबैलाई संयमित हुन र सामाजिक मर्यादाको ख्याल गर्न आग्रह गरेका छन्। “हामी पनि तपाईंहरू जस्तै सामाजिक प्राणी हौं। परिस्थितिले कहिले काहीँ भुल हुन्छ, तर त्यसलाई लिएर चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन,” उनले लेखेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५१ बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व