५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

गण्डकीमा ७१ प्रतिशत रोपाइँ



गण्डकी । गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ६६ हजार नौ सय हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी लमजुङमा ८६ दसमलब २२ प्रतिशत, कास्कीमा ७७ दसमलब ०७ प्रतिशत, नवलपुरमा ७५ दसमलब ३९ प्रतिशत, तनहुँमा ७४ दसमलब ५९ प्रतिशत, बागलुङमा ६७ दसमलब ०२ प्रतिशत, म्याग्दीमा ६५ दसमलब ६९ प्रतिशत, स्याङ्जामा ६२ प्रतिशत, गोरखामा ६१ दसमबल २४ र पर्वतमा ६० प्रतिशत रोपाइँ भएको हो ।

यही असार १५ सम्ममा प्रदेशमा जम्मा २८ प्रतिशत रोपाइँ भएकामा त्यसयता नियमित वर्षा भएपछि दुई सातामै ७१ प्रतिशत पुगेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए । साउन पहिलो हप्तासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उनको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

यस वर्ष ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९/८० मा ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । यसले पछिल्लो समय धान खेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीब्र सहरीकरणजस्ता कारणले धान खेतीको क्षेत्रफल खुम्चदैँ गएको हो ।

क्षेत्रफल घटेपनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके धानको उत्पादकत्व बढ्ने कृषि अर्थ विज्ञ पौडेलले बताए । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : ०९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही