७ आश्विन २०८३, बुधबार | September 23, 2026

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’



काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो ।

बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवद्र्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नुु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले गुुरुकूल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्रस्रोत सुनिश्चित गराउन सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’ को अवधारणा अगाडि ल्याइएको बताए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : २७ बजे

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा