२० माघ २०८२, मंगलबार | February 3, 2026

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै



नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकामे हो ।

खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए । उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।

सङ्क्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा विभूति सिंहले जानकारी दिइन । यो रोगका कारण मर्ने पशुको सङ्ख्या कम भए पनि दूध उत्पादनमा घटेपछि किसान चिन्तित बनेका उनको भनाइ छ ।

लम्पीस्किनको सङ्क्रमण पछिल्लो समय मुलुकभर देखा परेको बताउँदै उनले नवलपरासीमा गत असारदेखि लम्पीस्किनको सङ्क्रमण देखा पर्न थालेको जानकारी दिइन । उनका अनुसार पहिलो पटक बर्दघाटमा देखिएको लम्पीस्किनको सङ्क्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ ।

“लम्पीस्किन लागेका गाईभैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुनिने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्नसक्ने हुन्छ”, प्रमुख डा चौधरीले भने ।

विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईमा लम्पीस्किनको लक्षण देखा परेको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ‘मलिकुलर’ विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पीस्किन पुष्टि भएको हो ।

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्याङक अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिएको छ भने यस रोगबाट पाँच लाख ५५ हजार पशु सङ्क्रमित भएका छन् तीमध्ये २१ हजार पशुको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १ : ४० बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज