३ पुस २०८२, बिहिबार | December 18, 2025

महिला यु-२० साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित



काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु-२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा विजयी भएको छ ।

बङ्लादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७-० गोलअन्तरले पराजित गरेको हो । यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई समान ७-० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अङ्क जोडेको छ । चार खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ ।

श्रीलङ्विरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई÷दुई गोल गरे । पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक एक गोल गरे ।

खेलको १६ औँ मिनेटमा पूर्णिमाले हेडरमार्फत गोल गरिन् । त्यस्तै खेलको ३५ औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४२ औँ मिनेटमा सरिताले तेस्रो गोल गरिन् । खेलको ४५ औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन् ।

मध्यान्तरपछि खेलको ६६ औँ मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाइन् । खेलको ७४ औँ मिनेटमा समीक्षाले गोल गरिन् । खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दै ७-० गोलअन्तरले विजयी दिलाइन् ।

नेपालले अब शनिबार भुटानसँग खेल्नेछ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ७ : ३० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन