२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

साफ महिला यु-२० को फाइनलमा नेपाल र बंगलादेश भिडदै



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन् ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।

गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५-० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन ।

यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो ।

भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने  भारतले तीन खेलमा सात अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।

भारतलाई हराएर आएको  नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश बिचको खेल रोमाञ्चक हुने खेलप्रेमीहरुले जनाएका छन ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ०९ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे