२० माघ २०८२, मंगलबार | February 3, 2026

कञ्चनपुर कारागारमा क्षमता भन्दा धेरै कैदी



कञ्चनपुर । महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भएपनि कारागारमा क्षमताभन्दा तेब्बर बढि ४५६ जना कैदी बन्दी राखिएको छ । अहिले कारागारमा २७ जना महिला, २६ जना भारतीय नागरिक बन्दी रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए ।

उनका अनुसार अहिले कारागारमा सबैभन्दा बढी लागुऔषधका १६७ जना कैदीबन्दी छन । “कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता १४० जना हो ।” उनले भने, “क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको छ ।” उनले गत पुषमा कारागारमा कैदीबन्दीको सङ्ख्या ५८० सम्म पुगेको बताए । “अहिले अदालतले पछि मुद्दाको फैसला छिटो गर्दा बन्दीको सङ्ख्या घट्दै गएको छ ।” जोशीले भने, “पहिला जस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था छैन हामीले पाल र टीनको व्यवस्था गरेर भएरपनि कैदीबन्दी राखेका छौँ ।”

कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागुऔषधका सेवनका कारण अन्य अपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय अपराधिक घटना बढेको बताए । “अहिले लागुऔषधका कारण पनि अपराधिक घटना बढेका छन् ।” उनले भने, “लागुऔषध सेवनकर्ताले चोरी गर्ने, ठगि गर्ने, जबरजस्तीकरणी र हत्यासम्मका घटना हुन्छन् ।” उनले लागुऔषधका कारण पनि अपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको बताए । “साथीभाइको लयलयमा लागेर, मनोरञ्जनका लागि लागुऔषध सेवन गरेको पाइन्छ ।” उनले भने, “एक पटक लागुऔषध सेवन गरेपछि खाउँखाउँ लाग्ने र खुल्ला सिमानाका कारण सहज पहुँचले पनि सेवनकर्ता बढेका छन् ।” जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषधका बैन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : ३७ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको