३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

अरनिको राजमार्गको जुरे खण्ड पहिरोले अवरुद्ध



काठमाडौं। अविरल वर्षाका कारण अरनिको राजमार्गको जुरे खण्डमा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

शनिबार रातिदेखि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिले गएको पहिरोकै माथिल्लो भागबाट लेदोसहितको नयाँ पहिरो खस्दा सडक सञ्चालनमा अवरोध पुगेको हो। अहिले सडक खुलाउन एक्स्काभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, महभीर क्षेत्रमा सडक भास्सिएको छ

सडक अवरुद्ध भएपछि ठूला सवारी साधन र कन्टेनरहरू बाटोमै अलपत्र परेका छन्। साथै, पहिरोले जुरे क्षेत्रमा विद्युत् पोल ढालिदिएको छ, जसले विद्युत् आपूर्ति समेत प्रभावित बनाएको छ।

सडक अवरुद्ध हुँदा जुरेबाट उत्तरमा पर्ने बाह्रबीसे , तातोपानी, त्रिपुरासुन्दरी लगायतका स्थानीयवासी प्रभावित भएका छन्। तातोपानी नाकाबाट आयात-निर्यातमा संलग्न कन्टेनरहरू समेत बीच बाटोमै रोकिएका छन्।

 

 

 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : २७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र