काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्राप्त सूचनाको आधारमा सोमबार राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चीनको सियाचिन निवासी ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ रहेका छन्। प्रहरीका अनुसार थान डेढ महिना अघि नेपाल आएका थिए भने उनकी प्रेमिका चोउ केही दिन अघि मात्र काठमाडौं आएकी थिइन्।
उनीहरू बस्दै आएको होटलबाट दुई किलो सुन र २४ लाख नेपाली रुपैयाँ नगद बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्।
ूसुन कसरी ल्याए भन्नेबारे उनीहरूले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सुनको परीक्षण गरिसकेको छ र सुन नै भएको पुष्टि भएको छ।
थप अनुसन्धानका लागि प्रहरीले पक्राउ परेका दुवै जनालाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरिरहेको छ।


















प्रतिक्रिया