१६ भदौ २०८३, मंगलबार | September 1, 2026

काठमाडौंको ठमेलबाट २ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ



काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्राप्त सूचनाको आधारमा सोमबार राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चीनको सियाचिन निवासी ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ रहेका छन्। प्रहरीका अनुसार थान डेढ महिना अघि नेपाल आएका थिए भने उनकी प्रेमिका चोउ केही दिन अघि मात्र काठमाडौं आएकी थिइन्।

उनीहरू बस्दै आएको होटलबाट दुई किलो सुन र २४ लाख नेपाली रुपैयाँ नगद बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्।

ूसुन कसरी ल्याए भन्नेबारे उनीहरूले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको सुनको परीक्षण गरिसकेको छ र सुन नै भएको पुष्टि भएको छ।

थप अनुसन्धानका लागि प्रहरीले पक्राउ परेका दुवै जनालाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरिरहेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : ०८ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र