१ पुस २०८२, मंगलबार | December 16, 2025

विद्याकी छोरी भन्छिन् – नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन्



काठमाडौं। पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नविकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।

हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकले यसअघि नै नविकरण भइसकेको पूर्वराष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरेपछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् ।

‘तपाईहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें, तपाईहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन्। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुदैँन ?’ उनले प्रश्न गर्दै भनेकी छिन, ‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो।’

उनी अगाडि लेख्छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। र, नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यस कारण यो प्रकरणलाई धन्यवाद !’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ३१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज