४ पुस २०८२, शुक्रबार | December 19, 2025

गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनालाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा उनले आफू ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्ने अठोटमा दृढ रहेको बताए।

प्रधानमन्त्री ओलीले तथ्यका आधारमा प्रमाणित भएका गम्भीर भ्रष्टाचारलाई सरकारले छुट नदिने स्पष्ट पार्दै भने, “कसैले आरोप लगायो भनेर मात्र कारबाही गर्न सकिन्न, तर गम्भीर प्रकृतिका भ्रष्टाचारलाई सहन पनि सकिन्न।”

बैठकमा प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारी सिर्जना गर्नु रहेको उल्लेख गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई उनीहरूको पुँजी, सीप र अनुभव उत्पादनमूलक क्षेत्रमा उपयोग गरिने जानकारी दिए। उनले सरकारद्वारा विसं २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरिएको जानकारी पनि दिए।

उनका अनुसार कृषि, उद्योग, पर्यटन, उर्जा तथा पूर्वाधार निर्माणजस्ता क्षेत्रमा सार्वजनिक तथा निजी क्षेत्रको ठुलो लगानी भइरहेकाले उल्लेखनीय रोजगारी सिर्जना हुने वातावरण बनेको छ। साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगारी प्रवर्द्धन कार्यक्रममा रूपान्तरण गर्दै यसलाई अझ सीपमुखी बनाउने नीति सरकारको रहेको उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले कोशी र मधेश प्रदेशका २० पालिकामा वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले युवा पुस्तालाई लक्षित गर्दै स्टार्टअप र नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता प्रवर्द्धनमा सरकार अग्रसर रहेको उल्लेख गरे।

 

 

 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ३ : ०८ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा