१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनालाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा उनले आफू ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्ने अठोटमा दृढ रहेको बताए।

प्रधानमन्त्री ओलीले तथ्यका आधारमा प्रमाणित भएका गम्भीर भ्रष्टाचारलाई सरकारले छुट नदिने स्पष्ट पार्दै भने, “कसैले आरोप लगायो भनेर मात्र कारबाही गर्न सकिन्न, तर गम्भीर प्रकृतिका भ्रष्टाचारलाई सहन पनि सकिन्न।”

बैठकमा प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारी सिर्जना गर्नु रहेको उल्लेख गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई उनीहरूको पुँजी, सीप र अनुभव उत्पादनमूलक क्षेत्रमा उपयोग गरिने जानकारी दिए। उनले सरकारद्वारा विसं २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरिएको जानकारी पनि दिए।

उनका अनुसार कृषि, उद्योग, पर्यटन, उर्जा तथा पूर्वाधार निर्माणजस्ता क्षेत्रमा सार्वजनिक तथा निजी क्षेत्रको ठुलो लगानी भइरहेकाले उल्लेखनीय रोजगारी सिर्जना हुने वातावरण बनेको छ। साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगारी प्रवर्द्धन कार्यक्रममा रूपान्तरण गर्दै यसलाई अझ सीपमुखी बनाउने नीति सरकारको रहेको उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले कोशी र मधेश प्रदेशका २० पालिकामा वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले युवा पुस्तालाई लक्षित गर्दै स्टार्टअप र नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता प्रवर्द्धनमा सरकार अग्रसर रहेको उल्लेख गरे।

 

 

 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ३ : ०८ बजे

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा