१३ असार २०८३, शनिबार | June 27, 2026

पर्रोहा बोलबम धाममा नन्दी भगवानको प्राणप्रतिष्ठा



बुटवल । रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धाममा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा मन्दिर परिषरमा नव निर्मित नन्दी भगवानको प्राणप्रतिष्ठा कार्य गरिएको हो ।

सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार नन्दी भगवानको प्राणप्रतिष्ठा गरिएको हो। प्राणप्रतिष्ठा समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले पर्रोहा बोलबम धामको महत्त्व विश्वरभर उजागर गर्न जोड दिए। उनले हाल धामको ऐतिहासिक र धार्मिक महत्व अनुसारको भौतिक अवस्था मेल नखाएको बताउँदै अब यसलाई व्यवस्थित र आकर्षक बनाई विश्वभर प्रचार–प्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे। पौडेलले गुरुजन, भक्तजन, राजनीतिकर्मी र स्थानीयसँगको छलफलपछि गुरुयोजना तयार पारी मन्दिरको पुन निर्माण र अन्य संरचना निर्माणका काम अगाडि बढाएको जानकारी दिए। पहिलो चरणका कामहरू सम्पन्न भइसकेको र बाँकी संरचनाका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन पनि उनले दिए ।

अर्थमन्त्री पौडेलले सैनामैना नगरपालिकालाई विकासबाट पछि पर्न नदिने पनि बताए । उनले सैनामैनालाई व्यवस्थित र विकसित सहर बनाउने बचा पुरा गर्ने प्रतिबद्धता जाहेर गरे ।

‘जनताको आँखामा आँखा जुधाएर भन्नुपर्दा, सैनामैनालाई विकसित नगरपालिका बनाउने हाम्रो चाहना र सपना पूरा गर्नका लागि हामी पूर्ण प्रतिबद्ध छौँ। यो वर्षदेखि लामो समयदेखि प्रतिक्षित लामिदह निर्माणको काम सुरु गर्नेछौँ ।’ उनले भने ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीले पर्रोहा धामको मुख्य मन्दिर पुनः निर्माण गरि व्यवस्थित र आकर्षक बनाउने गरि पहिलो चरणको काम सम्पन्न भएको बताए । निर्मित नयाँ मन्दिरले पशुपतिनाथ मन्दिरको झल्को दिने गरेको उनले दाबी गरे ।

मन्दिर पुनः निर्माणका लागि सङ्घीय सरकारबाट ५ करोड र सैनामैना नगरपालिकाबाट २ करोड गरी कुल ७ करोड रुपैयाँ काम सम्पन्न भएको हो । बाँकी संरचना निर्माणका लागि अझै ७ करोड लाग्ने भन्दै कार्कीले सङ्घ, प्रदेश र स्थानीय सरकारबाट थप सहयोगको आग्रह गरे ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पर्रोहा बोलबम धामलाई धार्मिक आस्थाको केन्द्र मात्र नभई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने गरि नगरपालिका अघि बढेको र निर्माण संरचनालाई पूर्णता दिन नगरपालिका सधैँ प्रतिबद्ध रहेको जानकारी दिए ।

पर्रोहा परमेश्वर बोलबम धामका संरक्षक व्यासाचार्य किशोर गौतमले स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गको रुपमा प्रमाणित हुँदै गएको बताए । उनले बुद्धकालीन सभ्यतासँग जोडिएको पर्रोहा बोलबम धाम ऐतिहासिक र पुरातात्विक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरे । यस धामले धार्मिक मात्र नभई ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको महत्वलाई पनि उजागर गरेको जनाए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १० : ४७ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३