१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भारत पुर्‍याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ



काठमाडौं । भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई त्यहाँ पुर्‍याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्।

मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार २४ वर्षीय राजकुमार अछामी र ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरिएको हो।

सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भई हाल भक्तपुर, लोकन्थली बस्ने अछामी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-१४ का खत्री हाल पर्सा, वीरगञ्जमा बस्दै आएका थिए।

उनीहरूलाई मिति २०८२ साउन ५ गते काठमाडौंको बल्खु र वीरगञ्ज बसपार्कबाट पक्राउ गरिएको हो।

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण पंगेनीका अनुसार पीडित एक पुरुषलाई भारतमा ड्राइभरको काम लगाइदिने भन्दै अछामीले ३५ हजार भारतीय रुपैयाँ मासिक तलब र ओभरटाइमको प्रलोभन दिएका थिए। सोही विश्वासमा पीडितलाई १९ वैशाखमा काठमाडौं बल्खुबाट वीरगञ्ज लगिएको थियो।

त्यहाँबाट खत्रीले रिसिभ गरेर उनलाई भारतको रक्सौल हुँदै पटना पुर्‍याएका थिए। पटनानजिकै पुनपुन अजय स्टेशनमा रहेको ‘वेल स्टार डायनामिक कम्पनी’ मा लगेर करिब सात दिन तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानमा खुलेको छ।

ब्युरोका अनुसार ती व्यक्तिलाई फेसबुकमार्फत अरू नेपालीहरूलाई समेत ‘इनभाइट’ गर्न लगाइएको थियो। आफ्ना परिवारसँग सम्पर्क गर्न नदिई फेसबुक मेसेन्जरमा नक्कली आइडी बनाई अनलाइन स्क्याममा लगाइएको थियो।

पीडितबाट २ लाख बराबरको रकम लिई कपडा किन्न लगाइएको र जबरजस्ती कागज गराएर करिब २ महिनासम्म बन्धक बनाई शोषण गरिएको ब्युरोको भनाइ छ।

पीडित १ साउनमा नेपाल फर्केका थिए। त्यसपछि उनले ब्युरोमा उजुरी दिएपछि मुद्दा दर्ता भएको हो।

पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जनाएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ४ : ५४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले