२८ असार २०८३, आइतबार | July 12, 2026

भारत पुर्‍याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ



काठमाडौं । भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई त्यहाँ पुर्‍याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्।

मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार २४ वर्षीय राजकुमार अछामी र ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरिएको हो।

सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भई हाल भक्तपुर, लोकन्थली बस्ने अछामी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-१४ का खत्री हाल पर्सा, वीरगञ्जमा बस्दै आएका थिए।

उनीहरूलाई मिति २०८२ साउन ५ गते काठमाडौंको बल्खु र वीरगञ्ज बसपार्कबाट पक्राउ गरिएको हो।

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण पंगेनीका अनुसार पीडित एक पुरुषलाई भारतमा ड्राइभरको काम लगाइदिने भन्दै अछामीले ३५ हजार भारतीय रुपैयाँ मासिक तलब र ओभरटाइमको प्रलोभन दिएका थिए। सोही विश्वासमा पीडितलाई १९ वैशाखमा काठमाडौं बल्खुबाट वीरगञ्ज लगिएको थियो।

त्यहाँबाट खत्रीले रिसिभ गरेर उनलाई भारतको रक्सौल हुँदै पटना पुर्‍याएका थिए। पटनानजिकै पुनपुन अजय स्टेशनमा रहेको ‘वेल स्टार डायनामिक कम्पनी’ मा लगेर करिब सात दिन तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानमा खुलेको छ।

ब्युरोका अनुसार ती व्यक्तिलाई फेसबुकमार्फत अरू नेपालीहरूलाई समेत ‘इनभाइट’ गर्न लगाइएको थियो। आफ्ना परिवारसँग सम्पर्क गर्न नदिई फेसबुक मेसेन्जरमा नक्कली आइडी बनाई अनलाइन स्क्याममा लगाइएको थियो।

पीडितबाट २ लाख बराबरको रकम लिई कपडा किन्न लगाइएको र जबरजस्ती कागज गराएर करिब २ महिनासम्म बन्धक बनाई शोषण गरिएको ब्युरोको भनाइ छ।

पीडित १ साउनमा नेपाल फर्केका थिए। त्यसपछि उनले ब्युरोमा उजुरी दिएपछि मुद्दा दर्ता भएको हो।

पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जनाएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ४ : ५४ बजे

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’