५ माघ २०८२, सोमबार | January 20, 2026

सिन्धुपाल्चोकमा भारी वर्षा



काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा पछिल्ला घण्टाहरूमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, गोब्रे वर्षामापन केन्द्रले पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरेको छ।

विभागले स–साना खोलानालामा आकस्मिक बहाव बढ्ने र कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम उच्च रहेको भन्दै स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागद्वारा जारी सूचनामा उल्लेख छ, ‘साउन ९ गते राति ७ः५० बजे सिन्धुपाल्चोकको गोब्रे वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्रमा बहने खोलानालामा पानीको बहाव बढ्न सक्ने र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ।’

विभागले ललितपुर र मकवानपुर जिल्लामा भने मध्यम खालको वर्षा मापन भएको जनाएको छ। साउन ९ गते राति ७ः३५ बजे ललितपुरको खुमलटार केन्द्रमा मध्यम वर्षा मापन गरिएको हो। त्यस्तै, मकवानपुर जिल्लाको मार्खु गाउँ, सिलिङे वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा समेत मध्यम वर्षा भएको विभागले जनाएको छ।

विभागले आगामी केही घण्टासम्म वर्षा जारी रहन सक्ने सम्भावना भएकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन पुनः अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : २६ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच