५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन



चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांगे्रसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए। नेपाली कांग्रेस विभाजन हुँदा उनस् प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए। विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए । गुरुङका छोरा देश बाहिर रकाले आइतबार अन्त्येष्टि गरिने छ ।

उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने अहिले कान्छा छोरा र श्रीमती रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ११ : १५ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही