२२ भदौ २०८३, सोमबार | September 8, 2026

सीएनआईवाईएफ लुम्बिनीद्वारा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न, पत्रकार महासंघ रुपन्देही विजयी



नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध विस्तार तथा भातृत्व विकासका लागि आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको छ ।

प्रतियोगितामा पत्रकार महासंघको समूहले परिसंघ युवा उद्यमी मञ्चको समूहलाई १०-६ गोल अन्तरले पराजित गरेको थियो । खेलमा पत्रकार कृष्ण भण्डारी सर्वाधिक गोलकर्ता घोषित भए भने पत्रकार स्वस्तिक श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

कार्यक्रमको अवसरमा परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजु, कार्यक्रम संयोजक सिद्धार्थ गोयल, उद्योग अध्ययन अवलोकन भ्रमण संयोजक सुरज उप्रती, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल र अस्मिना पाण्डेय लगायतले फुटसलजस्तो खेलमार्फत आपसी सद्भाव र सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनीहरूले खेललाई जीत-हारको प्रतिस्पर्धा नभई मित्रता र सहकार्यको अवसरको रुपमा लिएको बताए । यस्ता कार्यक्रमले पेशागत संस्था तथा उद्योगीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार