२ श्रावण २०८३, शनिबार | July 18, 2026

रोटरी क्लब अफ रुपन्देहीको १४ औँ पदस्थापन सम्पन्न



बुटवल । रोटरी क्लब अफ रुपन्देहीको १४ औँ पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रवार एक समारोह बिच क्लबको चौधौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थी नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष कृष्ण गौतम लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गरेका हुन् ।

पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्य तथा क्लबका वर्तमान अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा भएको थियो ।पदस्थापन समारोहमा वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थीले वर्ष २५/२६ का अध्यक्ष कृष्ण गौतमलाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्यम्मर हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि कार्कीले क्लबका अध्यक्ष कृष्ण गौतमलाई रोटरीको कल्लर लगाइदिएका थिए । कल्लर ग्रहण पश्चात् क्लबका अध्यक्ष गौतमले क्लबको नियमित ६१७ओ बैठक आह्वान गर्दै सञ्चालन गरेका थिए ।

समारोहमा वर्तमान अध्यक्ष कृष्ण गौतमले वर्ष २०२५/२६ को बोर्डलाई परिचित गराउँदै शपथ ग्रहण गराएका थिए । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष प्रमोद पन्थीले वर्ष २०२४/२५मा गरेका कार्यहरूको प्रकाश पार्दै वर्ष २०२४/२५ मा विशेष सहयोग गर्ने सदस्यहरूलाई सम्मान समेत गरेका थिए ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरीको भावना र मर्म अनुसार काम गर्न क्लब नेतृत्व र सदस्यहरूलाई सुझाव दिएका थिए । कार्यक्रममा विशिष्ट अतिथि तथा क्लबका एसाइन असिस्टेन्ट गर्भनर दिनेश सुवेदी तथा क्लबका संस्थापक अध्यक्ष राजेन्द्र सुबेदीले शुभकामना ले शुभकामना व्यक्त गर्दै क्लबको विगतका सकारात्मक अभ्यासहरूलाई निरन्तरता दिँदै थप सृजनशील भएर लाग्न आग्रह गरे ।

पदस्थापन समारोहमा पत्रकार डि.बी. सुस्लिङलाई क्लबले प्रदान गर्दै आएको रोटरी सामाजिक पत्रकारिता पुरस्कार-२०८२ प्रदान गरिएको थियो । क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्व. हजुरबुबा केशवराज भुसाल र हजुरआमा हिमादेवीको स्मृतिमा क्लबले प्रदान गर्ने गरी स्थापना गरेको पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ । उक्त पुरस्कार यस अघि क्लबले पत्रकार भगवती पाण्डेयलाई प्रदान गरिएको थियो ।

सो अवसरमा पुरस्कारका संस्थापक क्लबका पूर्व अध्यक्ष गौतम भुसालले क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा विशेष कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष रु १११११ रूपैँया नगद तथा प्रमाण पत्र सहित सम्मान गरिँदै आएको बताए । पुरस्कार रकमलाई समेत क्रमशः वृद्धि गरिने उनले उल्लेख गरे ।

क्लबका प्रेसिडेन्ट नोमिनि तथा कार्यक्रम संयोजक विक्रम रिजालको स्वागत मनतब्य तथा क्लबका पूर्व अध्यक्ष देवानन्द पान्डेको धन्यवाद ज्ञापन रहेको समारोहको सञ्चालन वर्ष २०२५/२६ का सचिव ओम बहादुर खत्रीले गरेका थिए ।

क्लब तिलोत्मा क्षेत्रलाई मध्यनजर गरी यसै क्षेत्रका विभिन्न पेसा व्यवसायमा संलग्नहरूको सक्रियतामा सन २०११मा मणिग्राममा स्थापना गरिएको हो । हाल क्लबमा ६८ जना सदस्यहरू रहेका छन्।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ५० बजे

विदेश जान छाडेर पुर्ख्यौली पेशाको शानदार निरन्तरता

नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको