२१ भदौ २०८३, आइतबार | September 6, 2026

रोटरी क्लब अफ रुपन्देहीद्वारा तिलोत्तमामा विद्यार्थीलाई पोसाक वितरण



बुटवल । रोटरी क्लब अफ रुपन्देहीले आफ्नो ५३५ औं नियमित बैठकको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेको छ । क्लबको शनिबार सम्पन्न बैठकको अवसरमा तिलोत्तमा-९ तुलसीपुरमा अवस्थित गौतमबुद्ध शिसु सदन आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।

कार्यक्रमको अवसरमा बोल्दै लुम्बिनी प्रदेश संयोजक तथा डिस्ट्रिक कन्फ्रेन्स सह संयोजक ध्रुव धितालले क्लबबाट भएको सानो सहयोगले बालबालिकामा ठूलो खुसी ल्याउन सक्ने बताए । सामाजिक उत्तरदायीत्व र मानवीय दायित्व पूरा गर्नका लागि पनि यसैगरी विभिन्न अभियानमा जोडिन उनले सुझाव दिए ।

रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरि लम्सालको अध्यक्षमा भएको कार्यक्रममा ११४ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको थियो । सो अवसरमा बोल्दै लम्सालले आफूहरुले गरेको सयोग प्रयाप्त नभएपनि यसैगरी सामाजिक सेवामा अन्यलाई समेत प्रेरित गर्न सन्देश दिने उल्लेख गरे । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरसिं पुन मगरले सामाजिक कार्य तथा पोसाक वितरणका लागि आफ्नो विद्यालयलाई छनोट गरेकोप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

क्लबका सदस्य बाबुराम रेग्मीको पहल तथा ओमप्रकाश श्रेष्ठको संयोजनमा विद्यार्थीलाई पोसाक वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागी क्लबका सदस्य तथा अतिथीहरुले आगामी दिनहरुमा समेत यसैगरी सामाजिक क्रियाकलापमा सक्रिय हुनु पर्नेमा जोड दिएका थिए । हरेक व्यक्ति तथा संस्थाले गर्ने सानो-सानो सहयोगले समाजमा मानवीय सद्भाव र धारणाको विकासमा सहयोग पुग्ने उनीहरुले बताए ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  १ : १५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका