काठमाडौं । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र)मा सक्रिय भएका छन् ।
संविधानसभा सदस्य समेत रहेका श्रेष्ठ माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहँदै आएका थिए ।
उनलाई अध्यक्ष प्रचण्डले पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरेका छन् । श्रेष्ठलाई पार्टी केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ ।


















प्रतिक्रिया