१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

हरिद्वारको मन्दिरमा भागदौड मच्चिँदा ६ को मृत्यु, २५ घाइते



हरिद्वार । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ ।

सो भागदौडमा परी अहिलेसम्म ६ जना श्रदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् ।

गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाह पछि अचानक भागदौड मच्चिएको हो ।

हरिद्वारमा भएको भागदौडमा ६ जनाको मृत्यु भएको विषयमा एसएसपी प्रमेन्द्र सिंह डोभालले भने, ‘हामीलाई केही घाइते भएको जानकारी प्राप्त भएको थियो, त्यसपछि प्रहरीले तत्काल कारबाही गरेको थियो । करिब ३५ जनालाई अस्पतालमा ल्याइएको छ भने ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकीको उपचार भइरहेको छ।’

सो मन्दिर जाने सडकबाट १०० मिटर तलको सिँढीमा विद्युतीय झट्का लागेको हल्लाका कारण भागदौड सुरू भएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान सुरू भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले