२८ चैत्र २०८२, शनिबार | April 11, 2026

हरिद्वारको मन्दिरमा भागदौड मच्चिँदा ६ को मृत्यु, २५ घाइते



हरिद्वार । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ ।

सो भागदौडमा परी अहिलेसम्म ६ जना श्रदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् ।

गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाह पछि अचानक भागदौड मच्चिएको हो ।

हरिद्वारमा भएको भागदौडमा ६ जनाको मृत्यु भएको विषयमा एसएसपी प्रमेन्द्र सिंह डोभालले भने, ‘हामीलाई केही घाइते भएको जानकारी प्राप्त भएको थियो, त्यसपछि प्रहरीले तत्काल कारबाही गरेको थियो । करिब ३५ जनालाई अस्पतालमा ल्याइएको छ भने ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकीको उपचार भइरहेको छ।’

सो मन्दिर जाने सडकबाट १०० मिटर तलको सिँढीमा विद्युतीय झट्का लागेको हल्लाका कारण भागदौड सुरू भएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान सुरू भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : १८ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र