५ श्रावण २०८३, मंगलबार | July 21, 2026

१० गजलकार गुञ्जिए एउटै मञ्चमा



काठमाडौ‌ ।

सुन्दर मिलनको क्षण रातमा छ

त्यो हात उनको यो हातमा छ ।

गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए । डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित ।

कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा

कि यो संसार बिर्सिन्थेँ तिमी आए अँगालोमा

टुसा हाल्ने रहर बोकी जमिनमा भासिएको छु

कि सप्रिन्थेँ कि मासिन्थेँ तिमी आए अँगालोमा ।

शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा १० गजलकार सुन्दर र सशक्त गजलमा गुञ्जिए ।

नेपाल गजल प्रतिष्ठानले ‘बहर बहार’ स्थापनाको १० वर्षका अवसरमा आयोजना गरेको ‘दस मिनेट, दस गजलकार’ कार्यक्रममा करुण थापा, भुवन बोहरा ‘निस्तेज’, राधा कणेल, वसन्ता बराल, परी विक्रम, सुमी पोखरेल, आर्य आयुषा, आँचलकुमार शर्मा, बिनोद बिम्बित र चन्द्रकान्त जोशीले आफ्ना उत्कृष्ट गजल वाचन गरेका थिए ।

गजलकार राधा कणेल गुञ्जिइन् यी शब्दमाः

खोलिदेऊ कात्रो चिताबाट एकछिन

एक झलक उसलाई चिहाएर जान्छु ।

प्रस्तुत गजलहरूमा शृङ्गारदेखि समसामयिक राजनीतिक विद्रुपता, सांस्कृतिक विचलन, गिर्दो मानवीयता जस्ता भाव अभिव्यक्त भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गजलकार, कवि तथा गीतकार रवि प्राञ्जलले नेपाली गजलले परिष्कारको बाटो समातिसकेको भन्दै अब नपाली गजलले सही मार्गमा हिँड्ने आधार तयार भएको बताए ।

कार्यक्रममा गजलकार चित्र थापाको गजलकृति ‘आजाद कैदी’ विमोचनसमेत गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ४५ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान