२१ भदौ २०८३, आइतबार | September 6, 2026

बजेट पास गर्दा सत्तानपक्ष छाडेर प्रतिपक्ष बेन्चमा सरेका सन्तोष पाण्डेय लुम्बिनी सरकारको मन्त्री नियुक्त



दाङ । बजेट पास गर्नेबेलामा प्रतिपक्षको नाटकिय भुमिका खेलेको आरोप लागेका लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोष पाण्डेयलाई प्रदेश मन्त्रिपरिषदको सदस्यमा नियुक्त गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज लोसपा सांसद पाण्डेलाई युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त गरेका छन् ।

प्रदेश सरकारको बजेट पास गर्नेबेला सबै प्रतिपक्षीहरुले संसद बहिस्कार गरेपछि एकाएक सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गर्दै पाण्डे सहित ३ जना सांसद प्रतिपक्षको बेन्चमा बस्न पुगेका थिए । तीन सांसद रहेको लोसपामा पाण्डे संसदीय दलका नेता हुन् ।

उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने बताइएको छ । एकाएक मन्त्री नियुक्त गरिएको सूचना इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई पठाइएको प्रदेश मन्त्रिपरिषदका एक मन्त्रीले बताए ।

मन्त्रिमण्डल सानो बनाउने घोषणा गरेका मुख्यमन्त्री आचार्यको ११ सदस्यीय मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आचार्य आफैसँग राखेका थिए । वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री छन् ।

बजेटको छलफल र बजेट पास गर्दा प्रतिपक्षबिहिन बन्नबाट प्रदेशसभालाई जोगाएर सरकारलाई सहयोग गरे वापत पाण्डेलाई मन्त्री बनाएर मुख्यमन्त्री आचार्यले गुन तिरेको प्रदेशसभाका एक सदस्यले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ५७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त