१९ बैशाख २०८३, शनिबार | May 3, 2026

रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन



रामेछाप । निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा रामेछापका मुख्य सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेका छन् । ग्रामीण कच्ची सडक ठाउँठाउँमा भासिने र पहिरो गएर गाडी गुडाउनै नसकिने बनेका हुन् ।

जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली-पकरबास-गोगनपानी-गाल्वा सडक, सित्खा-गोगनपानी-धुलेबेसी-भोटनागी सडक र खिम्ती-रस्नालु-ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ ।

सित्खा-गोगनपानी-धुलेबेसी-भोटनागी सडक गत असोजमा कालोपत्र गर्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेपछि स्थानीयले जिल्ला पूर्वाधार विकासको कार्यालयमा ताला लगाएका थिए ।

निर्माण व्यवसायी र कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पुरा नभएको मन्थली नगरपालिका-१ का स्थानीय पाण्डव सुवेदीले बताए ।

त्यसैगरी मन्थली-पकरबास-गोगनपानी-गाल्वा सडक अन्तर्गत पकरबास-गाल्पा सडक कालोपत्र गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्र नभएपछि ठाउँठाउँमा सडक भासिने भएको छ ।

पकरवास-गोगनपानी-गाल्वा सडक दश किलोमिटर कालोपत्र गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोड रुपैयाँमा लिएको थियो ।

७.५ किलोमिटरको गोगनपानी-धुलेबेसी-भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रुपैयाँमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो ।

१८ महिनामा पुरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा सम्पन्न नहुँदा पनि जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाँउपालिका-४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति-रस्नालु-ठोसे सडक पनि लथालिङ्ग छ । उक्त सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन् ।

निर्धारित सयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई गोकुलगंगा गाँउपालिकाका अध्यक्ष काजीवहादुर खड्काले कारबाहीको माग गरेका छन् ।

कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराएको र पटक-पटक गराउँदा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : २७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय