१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मुख्यमन्त्री बहादुर सिंह लामाले गुमाए कांग्रेस प्रदेशसभा संसदीय दलको नेतृत्व



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालेनेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताको पद गुमाएका छन् ।

कांग्रेस बागमती संसदीय दलमा मंगलबार भएको मत विभाजनपछि उनी विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो । अविश्वास प्रस्ताव पारित भएसँगै लामा संसदीय दलको नेताबाट हटाइएका छन् ।

मुख्यमन्त्री लामाको पक्षमा १५ जना सांसद मात्र उभिए भने उनको विपक्षमा २२ जना सांसद खडा भए । ती २२ सांसदले लामाका मुख्य प्रतिस्पर्धी ईन्द्रबहादुर बानियाँको पक्षमा खुलेका छन् । कांग्रेसका बागमती प्रदेशमा कुल ३७ जना सांसद रहेका छन्। लामा र बानियाँ दुवै कांग्रेसभित्र सभापति शेरबहादुर देउवा गुटलाई समर्थन गर्छन् ।

अब भोलि नयाँ संसदीय दल नेताको निर्वाचन हुने भएको छ । आजको मतपरिणाम हेर्दा इन्द्र बानिँया स्वतः संसदीय दलको नेता बन्ने निश्चित भएको छ । यद्यपी, संसदीय दल नेताको हैसियत गुमाइसकेका लामा पुनः प्रतिस्पर्धामा आउने वा नआउने विषय अझै स्पष्ट भएको छैन।

संसदीय दलको नेता बनेपछि आफु मुख्यमन्त्री बन्ने बानियाँको तयारी छ । यद्यपी, लामाले मुख्यमन्त्रीबाट राजीनामा नदिएसम्म बानियाँ मुख्यमन्त्री बन्न भने पाउनेछैनन् । लामाले या त स्वेच्छाले राजीनामा दिनुपर्छ या त प्रदेशसभा बैठकबाट अविश्वासको प्रस्ताव पारित हुनुपर्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा