३ भदौ २०८३, बुधबार | August 20, 2026

संसदीय दलको नेताबाट हटाइएका लामाको अडान – “मुख्यमन्त्री पद छोड्दिन”



हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाइएका प्रदेश प्रमुख बहादुरसिंह लामाले आफू मुख्यमन्त्री पद नछोड्ने स्पष्ट अडान राखेका छन्।

मंगलबार संसदीय दलमा भएको मत विभाजनपछि दल नेताबाट पदच्युत भएका लामाले संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै केही नेताहरुको दबाबका कारण मन्त्री र सांसदहरुले आफुविरुद्ध अविश्वास जनाएको आरोप लगाए । उनले भने, ‘प्रपञ्च रचिएको रहेछ, मलाई थाहा थिएन। मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछन्।’

लामाले संसदीय दलको नेताबाट विश्वास गुमाए पनि मुख्यमन्त्रीबाट भने राजीनामा नदिने स्पष्ट अडान राखेका छन् । लामाका अनुसार सरकार गठबन्धनको भएको र आफू संवैधानिक प्रक्रिया अनुसार मुख्यमन्त्री भएकाले दलभित्रको मत विभाजनले सरकार नढल्ने दाबी गरे । लामाले भने, ‘सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो। मुख्यमन्त्री हुन दलको नेता चाहिँदैन।’

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको थियो । लामाको पक्षमा १५ जनाले मात्र समर्थन गरे भने इन्द्र बानियाँको पक्षमा २२ जना उभिएका छन् ।

संसदीय दलको नेताबाट लामा पराजित भए पछि अब भोलि नयाँ संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको नयाँ नेतामा इन्द्र बानिया नै बन्नेछन् ।

बानियाँले अब आफु मुख्यमन्त्री बन्ने दाबी गरिसकेका छन् । तर, संवैधानिक प्रक्रियाअनुसार नियुक्त मुख्यमन्त्रीले राजीनामा नदिएसम्म या प्रदेशसभाबाट विश्वास नगुमाएसम्म नयाँ मुख्यमन्त्री बन्ने सम्भावना कमजोर हुन्छ । यद्यपी, दलहरुले प्रदेश प्रमुखको अधिकारलाई दुरुपयोग गर्दै यसअघि मुख्यमन्त्री परिवर्तन गर्ने अभ्यास भने गरिसकेका छन् । त्यतिबेला यो विवाद अदालतमा समेत प्रवेश गर्नसक्ने देखिन्छ ।

नेपालको संविधानको धारा १६८( २) अनुसार, कुनै दलले स्पष्ट बहुमत नपाएको अवस्थामा, बहुमत सिद्ध गर्न सक्ने दलको नेता मुख्यमन्त्री बन्न सक्छ। संविधानविद् डा भीमार्जुन आचार्यका अनुसार, “१६८(२) अन्तर्गत मुख्यमन्त्री बनेका व्यक्तिले यदि दलको नेतृत्व गुमाउँछन् भने सत्ता टिकाउनका लागि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने अवस्था आउँछ।”

बागमती प्रदेशको राजनीति अहिले संवैधानिक व्याख्या र दलगत शक्ति संघर्षको दोधारमा पुगेको छ। मुख्यमन्त्री लामाले पद नछाड्ने अडान राख्दा पनि, दलभित्रको बहुमतले उनलाई अब प्रदेशसभामा शक्ति परीक्षण गर्न बाध्य तुल्याउने देखिन्छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  २ : ३६ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने