२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बागमती कांग्रेसमा भाँडभैलो, मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामालाई हटाउन सोही पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस बागमती प्रदेशसभाका २१ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि आजै मात्र चारजना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन रहेका छन्।

२१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा बसेको सांसदहरूको बैठकपश्चात दर्ता गरिएको हो।

लामा नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर पार्टीभित्र गहिरो असहमति देखिएको थियो। बजेटप्रति व्यापक असन्तुष्टि जनाउँदै पार्टीकै सांसदहरू नेतृत्व परिवर्तनको पक्षमा उभिएको एक सांसदले बताएका छन्।

कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेता नै मुख्यमन्त्री हुने प्रावधान रहेकोले लामालाई मुख्यमन्त्री पदबाट हटाउने प्रक्रिया संसदीय दलबाटै सुरु गरिएको हो।

बागमती कांग्रेसमा लामा र बानियाँ गुटबीच चरम विवाद चल्दै आएको छ । १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको चुनावमा लामा र बानियाँबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो, जसमा लामाले २१ मत प्राप्त गर्दै विजयी भएका थिए भने बानियाँले १६ मतमा सीमित भएका थिए।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : २९ बजे

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि