२ चैत्र २०८२, सोमबार | March 16, 2026

जथाभावि फोहोर फाल्ने माथी भैरहवामा कडाई



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभावि फोहोर फाल्ने माथी कडा निगरानी थालेको छ । सरसफाई तथा फोहोर उठाउन नियमित रुपमा ट्याक्टरहरु घर घरमा पुरयाउदाँ समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकीए पछि नगरपालिकाले निगरानि बढाएको हो ।

नगरपालिकाले फोहोरको प्रकृती हेरेर जथाभावि फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ । सोही बमोजिम पछिल्लो दुई महिनामा नगरपालिकाले जथाभावि फोहोर फाल्ने पसल तथा वयक्तीहरुको भिडीयो र फोटो संकलन गरी १८ जनालाई कार्वाही गरेको नगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले नगरपालिकाले पाँच हजार देखी १५ हजारसम्म जरिवाना तिराएको छ ।

पटक पटक सम्झाउदाँ अटेर गर्ने र लुकिछिपी नियमीतरुपमा जथाभावि फोहोर फाल्नेको पहिचान गरी कार्वाही अगाडी बढाईएको छ । त्यसकोलागी बढी फोहोर फालीने स्थानहरुको पहिचान गरी बिहान साझँ नगरप्रहरी परिचालन गरीएको प्रशासन महाशाखा प्रमुख देव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार जथाभावि फोहोर फाल्ने र सडक छेउछाउमा लगाईएको फुल टिप्ने, रुख विरुवाहरुको हागाँ भाच्नेहरु माथि समेत निगरानी बढाईएको छ । सिद्धार्थनगर नगरपालिका नगर प्रमुख एवं सविधानसभा सदस्य इश्तियाक अहमद खाँले नगर सुन्दरिकरण गर्ने, हरियाली बनाउने कुरा एउटा मात्र निकायले गरेर सम्भव नहुने हुदाँ सवैले सहयोग गर्नुपर्ने बताए । उनले सिद्धार्थनगर गौतमबुद्धको प्रवेसद्धार समेत रहेकाले यस नगरलाई क्लिन, ग्रिन र वातावरण मैत्री बनाउने अभियानमा आफु लागेको र त्यसमा सवैले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : १३ बजे

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको