३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा साढे पाँच लाख पर्यटकको अवलोकन, अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी



बुटवल । बुटवलको ऐतिहासिक तथा पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा पछिल्लो एक वर्षमा पाँच लाख ४७ हजार १९९ जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक भारतीय पर्यटकको आगमन भएको छ ।

उद्यान संरक्षण समितिले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममार्फत समितिका अध्यक्ष माधव प्रसाद नेपालले अध्ययन केन्द्रका रूपमा उद्यानलाई विकास गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार ७४ हजार ५९२ जना भारतीय नागरिक उद्यानमा घुम्न आएका थिए, जसमा ७१ हजार ६९५ जना विद्यार्थी थिए ।

“धेरै विद्यार्थीहरू अनुसन्धानका लागि डाटा संकलन गर्न उद्यानमा आउने गरेका छन्,” अध्यक्ष नेपालले बताए । सेनवंशीय दरबारको संरक्षण तथा संग्रहालय निर्माणका लागि संघीय सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए ।

अध्यक्ष नेपालका अनुसार उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्पष्ट खाका तयार गरिएको छ । योजना अन्तर्गत नयाँ सेल्फी जोन, ट्री रेस्टुरेन्ट, सिसाको पुल, जिपलाइनजस्ता संरचना निर्माण, मुनामदन बगैंचाको सौन्दर्यीकरण, बुटिक गार्डेन, एक्युरियम, डिजिटल सूचना केन्द्र, र रिसर्च फेलोसिप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

महासचिव युवराज घिमिरेले संरचनागत विकासका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग सहकार्य भइरहेको बताए । यद्यपि, पर्याप्त बजेटको अभाव, सामुदायिक वनसँगको कानुनी जटिलता, प्राविधिक जनशक्ति र पानी आपूर्तिमा चुनौती रहेको बताए ।

समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठका अनुसार गत वर्ष उद्यानको आम्दानी ४ करोड ६ लाख रुपैयाँ तथा खर्च ३ करोड ९६ लाख रुपैयाँ थियो । मनोरञ्जन कर, आयकर लगायत शीर्षकमा ४७ लाख रुपैयाँभन्दा बढी कर भुक्तानी गरिएको छ ।

हाल उद्यानमा १६ जना स्थायी तथा करार र २० जना दैनिक ज्यालादारी गरी ३६ जना प्रत्यक्ष रोजगारीमा छन् भने सटर, बाल उद्यान र अन्य सेवा सञ्चालनमार्फत करिब १५० जना परोक्ष रोजगारीमा संलग्न रहेको जानकारी समितिले दिएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरूले उद्यानलाई थप व्यवस्थित, शिक्षामैत्री र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संयुक्त कार्ययोजना तथा सांस्कृतिक प्रदर्शन कार्यक्रम आवश्यक रहेको सुझाव दिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : २४ बजे

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको