२० भदौ २०८३, शनिबार | September 5, 2026

बेनीमा दुई सय वर्ष पुरानो बर्खे नाचको रौनक



म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि दुई सय वर्ष पुरानो बर्खे नाच देखाउन सुरू भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खे नाच सुरूआत भएको जनाइएको छ ।

घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । बर्खे नाचअन्तर्गत आज नागपञ्चमीको दिनदेखि लाखे नाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलःले जनाएको छ ।

मंकाखल अन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खे नाच देखाउने गरिन्छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने ल्यामः पुचका अध्यक्ष जेनेश श्रेष्ठले बताए ।

“परम्परागत रूपमा देखाइँदै आइएको बर्खे नाचलाई संरक्षण गर्दै हराउँदै गएको नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिएका छौँ,” उनले भने, “दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई प्रशिक्षण दिएका छौँ ।”

नाचका विभिन्न नाचमा ४० जना कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति हराउँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खे नाचलाई जीवन्त राखेका छन् । बर्खे नाचका दर्जनौँ नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरूको जागरणले संरक्षण र संवर्द्धनमा टेवा पुगेको छ । यसवर्ष पनि युवाहरूलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायकासमेत सहभागिता हुन थालेको छ । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

खासगरी लाखे नाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । नागनागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिको सम्झनामा देखाउने चलन छ ।

बर्खे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : १६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी