६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

प्रदेश प्रमुख ‘अचानक अस्वस्थ’ भएपछि बागमतीमा मन्त्रीहरुको शपथ स्थगित



काठमाडौं । बागमती प्रदेशमा आज तय गरिएको नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रदेश प्रमुख अचानक अस्वस्थ भएको भन्दै उपचारका लागि आज बिहानै काठमाडौं प्रस्थान गरेपछि शपथग्रहण कार्यक्रम। बिहीबार दिउँसो १ बजेका लागि तय भएको शपथग्रहण समारोह अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै शपथ स्थगित गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा उल्लेख छ, “बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीहरूको सपथ ग्रहण समारोह मिति २०८२ साल श्रावण १५ गते विहीबार दिनको १ बजेका लागि तय गरिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या उत्पन्न भएकाले उहाँ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको छ। उहाँको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए । तर आफ्नै पार्टीभित्रको विवाद र सत्ता साझेदार नेकपा एमालेले समेत लामालाई नयाँ मन्त्रीहरुको शपथ नगराउन चेतावनीका कारण हिजै शपथ दिलाउने लामाको प्रयास रोकिएका थियो । लामाले कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम समेत रहेका कारण शपथ स्थगित भएको प्रतिक्रिया दिएका थिए ।

हिजो भएको संसदीय दलको नेताको निर्वाचनमा मुख्यमन्त्री लामा आफ्नै पार्टीका इन्द्रबहादुर बानियाँसँग पराजित भएका छन् । लामाले १४ मत मात्र प्राप्त गर्दा बानियाँले २२ मत प्राप्त गरेका थिए ।

संसदीय दलको नेतामा पराजित भए पनि आफु मुख्यमन्त्रीमा रहिरहने लामाले दाबी गर्दै आएका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गरेका कारण संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्री छोड्न नपर्ने उनले तर्क गरेका छन् । उक्त धारामा प्रदेशसभामा स्पष्ट बहुमत नपुगेका अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत सिद्ध गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने प्रावधान छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ९ : २३ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस