८ चैत्र २०८२, आइतबार | March 23, 2026

बेलहिया भन्सार क्षेत्रमा ट्राफिक सुधारका लागि सरोकारवालाबीच छलफल



भैरहवा । बेलहिया भन्सारमा हुने गरेको अनावश्यक ट्राफिक व्यवस्थापन विषयमा प्रयास थालिएको छ । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै ट्राफिक व्यवस्थापनको प्रयास थालिएको हो ।

भैरहवा भन्सार कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा भन्सार क्षेत्र र सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापनका समस्या तथा समाधानमाथि विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाड नियन्त्रण गर्न सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमका प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले भन्सार विन्दुबाटै ट्राफिक नियमको कडाइका साथ पालना हुनुपर्ने बताइन् । उनले सीमाक्षेत्रमा संचालन भइरहेका भारतीय ट्याक्सीहरूको व्यवस्थापन तथा अव्यवस्थित पार्किङ सुधारका लागि ट्राफिक प्रहरीले आवश्यक कदम चालिरहेको जानकारी गराइन्।

कार्यक्रममा भन्सार एजेन्ट संघले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा ट्राफिक प्रहरी, भैरहवा भन्सार कार्यालयका कर्मचारी, सञ्चारकर्मी, सशस्त्र प्रहरी, ट्याक्सी व्यवसायी संघ, बेलहिया गाउँ समाज, रेडक्रस सोसाइटी बेलहिया शाखा, लुम्बिनी खुकुरी क्लब, नेपाल भारत मैत्री संघ, बेलहिया माध्यमिक विद्यालय, सोटो नेपाल, गृहलक्ष्मी समूह, आमा समूहहरू, आफन्त नेपाल, ज्ञानपथ आमा समूह, भूपू सैनिक संघलगायत दर्जनौँ संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले सीमावर्ती क्षेत्रको ट्राफिक चुनौती समाधानमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको सन्देश दिएको आयोजकको दाबी छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ११ : ५९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय